आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दै,बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दै,बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

 |  आइतबार, पुस ६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०८२

काठमाडौं- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी रु.७५,६०,००,०००/- बराबरको प्रति शेयर रु.१००/- अंकित दरका ७५,६०,००० कित्ता साधारण शेयरको १.०६ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शेयर) को अनुपातमा रु.४५,३६,००,०००/- बराबरको प्रति शेयर १००/- अंकित दरका ४५,३६,००० कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नकोे लागि बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

National life

पौष ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको  कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गर्नुभएको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरुलाई जोड्न संस्थागत मुल्य श्रृंखला व्यवस्थापकको रुपमा कार्यरत अग्रणी कम्पनी हो। कम्पनीले कृषकहरुको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता,परामर्शसेवा,प्रविधि,प्रसार,प्रशोधन,उद्योगहरुको विकास र उपभोक्ताहरुलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरु उपलब्ध गराउने सम्बन्धि व्यवसाय गरिरहेको छ।

 

प्रकाशित: Dec 21, 2025| 11:25 आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्