बिहीबार, साउन १४, २०८३

अन्तर्राष्ट्रिय क्रिकेटमा पासरका ४ शतक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली क्रिकेट लाई मुथि उकास्न लामो तथा महत्वपूर्ण योगदान दिएका कप्तान पारस खड्कले यसै साताको सोमबार सम्पन्न युएईसँगको एकदिवसीय सिरिसमा शतकीय पारी खेले । उनबौ शतकको मद्दतले नेपालले २ सय ५५ रनको विशाल लक्ष्य सजिलै भेट्टाउन सफल भयो । 

उनले एकदिवसीय प्रतियोगितामा शतक प्रहार गर्दै नेपालबाट एकदिवसीयमा शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमानी समेत बनाए । नेपाली राष्ट्रिय टिमको लागि खेल्दा पारसले हाल सम्म ४ शतक बनाएका छन् । हेरौ पारसले बनाएका ४ शतकहरु ।

युएईविरुद्ध, २०१९

युएईमा भएको नेपालका लागि दोस्रो एकदिवसीय तीन खेलको सिरिजमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरे । जुन उनको क्रिकेट करियरमा चौथो अन्तर्राष्ट्रिय शतक पनि हो । उनले उक्त सिररिजको तेस्रो खेलमा शतक प्रहार गर्दै राष्ट्रिय कीर्तिमानी समेत राखे । 

ओपनर विनोद भण्डारी आउट भएपछि मैदान प्रवेश गरेका खड्काले शतकीय पारी पुरा गर्न ९६ बल खेले । ९६ बलमा १४ चौका र एक छक्का प्रहार गर्दै उनले शतक पुरा गरेका थिए । उक्त खेलमा ११५ रन बटुलेका खड्काले जम्मा १०९ बल खेलेर १५ चौका र एक छक्कका प्रहार गरेका थिए ।
 
युएईविरुद्ध, २०१८

नामिबियामाभएको विश्वक्रिकेट लिग डिभिजन-२ को फाइनल खेलमा नेपालले युएईको सामना गरेको थियो । उनले उ्रक्त खेलमा अविजित १ सय १२ रन बनाएका थिए । आफ्नो करियरको तेस्रो १ सय १२ रनको अविजित शतक बनाउने क्रममा उनले १०३ बल खेले । जहाँ ३ चौका र ८ छक्का प्रहार गरेका थिए । 

तर, उक्त खेलमा नेपाल पारसको शतकले पनि विजयी हुन सकेन् । २ सय ७७ रनको लक्ष्य पाएको नेपाल ७ रनले पराजित भएको थियो । अश्फाक अहमदको ११४ रन र रोहन मुस्ताफाको ५१ रनको मद्दतमा ५० ओभरमा ४ विकेट गुमाउँदै युएईले २७७ रनको विशाले योगफल सुम्पेको थियो । 

जवाफमा पारसको शतकबाहेक अन्य खेलाडीको उल्लेख्य प्रदर्शन रहन नसक्दा नेपाल ५० ओभरमा ८ विकेट गुमाएर २७० रन बनाउा सक्यो ।
 
नामिबियाविरुद्ध, २०१६

विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु मैदान टियुमा भएको नामिबियाविरुद्धको दोश्रो खेलमा पारसले आफ्नो करियरकै दोश्रो शतक प्रहार गरेका थिए । उक्त खेलमा पारसले १०३ रन प्रहार गर्दा नेपाल ३ विकेटले विजयी भएको थियो । पारसले ९४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै १०३ रन बनाएका थिए ।
 
उक्त खेलमा नामिबियाले दिएको २४० रनको विजयी लक्ष्य पछ्याउने क्रममा शरद भेसावकरले पनि अविजित ७४ रनको पारी खेलेका थिए । ३७ रनमा २ विकेट गुमेपछि मैदानमा आएका पारसले शरद भेसावकरसँग मिलेर तेस्रो विकेटको लागि १६७ रनको साझेदारी गरेका थिए । 

कुवेतविरुद्ध, सन् २०१२

कप्तान पारस खड्काले आफ्नो करियरको पहिलो शतक सन् २०१२ मा आयोजित एसीसी एलिट कपमा कुवेतविरुस्द्धको खेलमा बनाएका थिए । उक्त खेलम उनले १०६ रन बनाएका थिए । ७७ बल खेल्ने क्रममा ७ चौका र ४ छक्का प्रहार गर्दै उनले १०६ रन बनाएका थिए । उनको शतकका बाबजुत पनि नेपाल उक्त खेलमा ४ विकेटले पराजित भएको थियो । 

पारसले बनाएका ४ वटा शतकमध्ये युएईसँगको एकदिवसीय सिरिजमा प्रहार गरेको शतक सबै भन्दा ठुलो शतकहो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।