आइतबार, चैत २९, २०८२

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

 |  शुक्रबार, पुस ४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताएका छन्।

National life

नेपाल–भारत उद्योग वाणिज्य सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आज साँझ यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल भारतबीच ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्ध रहेको बताए। 'नेपालको आयात र निर्यातको ठूलो बजार भारत हो, नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ', उनले भने।

अर्थमन्त्री खनालले नेपाल र भारतबीचको अर्थतन्त्रलाई मजबुद बनाउन नेपाल–भारत उद्योग वाणिज्य सङ्घले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले भारत नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भएको बताउँदै भारतसँग नेपालले ऊर्जा, पूर्वाधारलगायतको क्षेत्रमा साझेदार गर्दै आएको बताए।

नेपाल भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिल केसीले सङ्घले विगत तीन दशकदेखि नेपाल र भारतबीच व्यापार, व्यवसाय र लगानी अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताए। कार्यक्रममा उद्योग व्यापारमार्फत राम्रो कर तिर्ने सङ्घअन्तर्गतका कम्पनीलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयबारे अन्तरक्रिया गरिएको थियो।

kumari

प्रकाशित: Dec 19, 2025| 21:17 शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्