आइतबार, चैत २९, २०८२

रास्वपा सभापति लामिछाने रिहा

 |  शुक्रबार, पुस ४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०८२

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएका छन्।

National life

काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही पुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका हुन्। उनी शुक्रबार साँझ ५:३७ बजे अदालतमा उपस्थित भएका थिए।

तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन्।

खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रूपन्देही आइपुगेका हुन्।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतका लागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै काम सकिएको जनाए।

kumari

जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गरिएको उनले बताए।

प्रकाशित: Dec 19, 2025| 18:33 शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्