शुक्रबार, पुस ४, २०८२

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

 |  शुक्रबार, पुस ४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गरेका छन्।

National life

सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उनले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गरे। उनले भने, 'मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो औषधी मनको कुरा अरुसँग साझा गर्नु हो । मानसिक स्वास्थ्यबारे आजैबाट बहस र चर्चा गरौँ । रोकथाम तथा उपचारको पाटोमा कुरा गरौँ जसले गर्दा मानसिक स्वास्थ्य समस्यालाई सामाना गर्न सहज हुन्छ ।'

पछिल्लो समय मानसिक स्वास्थ्य समस्या विशेषगरी कोभिड र जेनजी आन्दोलन पछाडि अझ सरोकारको विषय बनिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको मानसिक स्वास्थ्य सचेतना अभियानमा सबैजना एकीकृत भएर लाग्न आग्रह गरे ।

'मानसिक स्वास्थ्य सबैका लागि महत्वपूर्ण सरोकारको विषय बनिरहेको छ । नेपालको ठूलो जनसङ्ख्या आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुन सक्ने अवस्था छ । त्यसैले मानसिक स्वास्थ्यलाई अत्यन्त महत्वका साथ र हेर्न जरुरी छ', उनले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर २४ देखि फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन–मनको कुरा गरौँ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

Laxmi sunrise bank
kumari

यस अभियानको उद्देश्य मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सबै नागरिकको पहुँचमा यो सेवा पुर्‍याउनु र खुला संवादको संस्कृतिलाई प्रोत्साहन गर्नु हो।

प्रकाशित: Dec 19, 2025| 16:57 शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्