शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल

 |  बिहीबार, पुस ३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०८२

दशरथचन्द । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन् । गोठालापानीमा आज जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

National life

'देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी जनताका माझमा आएको छ', नेता रावलले भने, 'संविधानमा भएका कमजोरीलाई सुधार गरेर सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन हामी तयार छौँ।'

जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश खरानीमा परिणत भएको उनको आरोप छ। देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर भएको रावलले बताए।

प्रकाशित: Dec 18, 2025| 21:39 बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्