बिहीबार, साउन १४, २०८३

एमाले महाधिवेशनः मतगणना सुरु

 |  बिहीबार, पुस ३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०८२

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । 

महाधिवेशनस्थल भृकुटीमण्डपमा १०:०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए। आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७:०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए । 

प्रकाशित: Dec 18, 2025| 11:18 बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्