बिहीबार, साउन १४, २०८३

एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

 |  बिहीबार, पुस ३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०८२

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्छन्।

महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए।

उनले मतगणना अहिले बिहान ८:०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए। “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उनले भने, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ।”

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९:१२ बजेदेखि मतदान सुरू भएको थियो। एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी  परेको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो। 

प्रकाशित: Dec 18, 2025| 07:43 बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्