बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विद्यमान सङ्कट समाधान राष्ट्रवादी शक्तिले गर्नुपर्छ : अध्यक्ष थापा

विद्यमान सङ्कट समाधान राष्ट्रवादी शक्तिले गर्नुपर्छ : अध्यक्ष थापा

 |  बुधबार, पुस २, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिले लिनुपर्ने बताएका छन्।

National life

आज यहाँ राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्को भेलाको शुभारम्भ गर्दै उनले अहिलेको अवस्थामा कांग्रेस र कम्युनिष्ट गठबन्धन सरकारले सुशासन कायम गर्न नसकेकाले उनीहरुप्रति जनतामा वितृष्णा र घृणा रहेको बताए।

मुलुकमा विद्यमान सङ्कट समाधानका लागि राष्ट्रवादी शक्तिहरू अग्रसर हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले उनीहरूबीच एकता अहिलेको आवश्यकता रहेकाले त्यस्तो एकता कायम गर्न अब कति पनि ढिला गर्नु नहुने विचार व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको जानकारी दिँदै उनले एकता प्रक्रिया चाँडै टुङ्गिने विश्वास व्यक्त गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 17, 2025| 21:06 बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्