बिहीबार, साउन १४, २०८३

एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान

 |  बुधबार, पुस २, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिले ५ बजेसम्म ८०२ जनाले मतदान गरिसकेको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।

बिहान ९:१२ बजेदेखि मतदान सुरू भएको हो । उहाँले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गर्नु भएको बताए। उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ।

उनले साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए। अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ।

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन्। एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ। मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको छ।

आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ। महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन्।

 

प्रकाशित: Dec 17, 2025| 19:02 बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्