बिहीबार, साउन १४, २०८३

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुँदै

 |  बुधबार, पुस २, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०८२

काठमाडौं- नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। प्राविधिक समस्याका कारण मङ्गलवारका लागि तय गरिएको मतदान बुधबारका लागि सारिएको हो।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि थप एक दिन महाधिवेश लम्बिएको छ। नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लागेपछि आयोगको निर्देशनअनुसार मंगलबार रातीको मतदान स्थगित गरिएको हो।

नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा रहेका छन्।

प्रकाशित: Dec 17, 2025| 07:39 बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्