मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ : प्रमुख आयुक्त भण्डारी

निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ : प्रमुख आयुक्त भण्डारी

 |  मंगलबार, पुस १, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०८२

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन्।

National life

मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेको बताए।

निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने अठोटकासाथ आयोग र सरकार जुटेको बताउँदै उनले निर्वाचन गराएरै छाड्ने दावी गरे।

उनले भने,‘राष्ट्रपतिज्यूबाट घोषणा भएको जुन निर्वाचन छ, घोषणा भएको दिनदेखि नै आयोग शुन्य अवस्थामा उठेर अहिले झण्डै ७० प्रतिशतको काम सकिसकेको छ। निर्वाचन प्रकृयाको माहोलमा गएको र वातावरण सृष्टि भइसकेको छ। निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर जुन छ त्यो त बनिसकेको वातावरणलाई उल्लासमय बनाउने मात्र हो। आयोग र सरकार अठोटकासाथ लागि परेको छ। निर्वाचन समयमै सम्पन्न हुन्छ।’

त्यस्तै निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउनेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए।

Laxmi sunrise bank
kumari

विगतमा गाडी नचाहिने मान्छेहरू ओसारपोसार गर्छन् भनेर सवारी आवागमनमा रोक लगाएको भन्दै यसपाली रोक नलगाउने पक्षमा आयोग पुगेको बताएका हुन्।

प्रकाशित: Dec 16, 2025| 19:30 मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्