शुक्रबार, असार १२, २०८३

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

 |  मंगलबार, पुस १, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०८२

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ।

National life

आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ। आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ।

कारोबार र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु १९ करोड ८२ लाख ४५ हजार २५ बराबरको चार लाख ९४ हजार १८४ कित्ता शेयर किनबेच भएको छ।

Shivam cement

प्रकाशित: Dec 16, 2025| 15:46 मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्