सोमबार, मंसिर २९, २०८२

मन्त्री सिन्हाको नेतृत्वमा सरकारले बनायो राजनीतिक संवाद समिति

 |  सोमबार, मंसिर २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०८२

काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।

National life

सिंहदरबारमा सोमबार (मंसिर २९) बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो।

समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्। निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न वार्ता र सम्वाद गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ, सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले प्रचलित कानुनमा व्यवस्था भएबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टास्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।

Laxmi sunrise bank
kumari

बैठकले सन २०१६ नोभेम्बर ९ देखि निष्काशन भएका भारतीय रुपैयाँ २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँ सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजानसक्ने व्यवस्था गरिएको प्रवक्ता खरेलले बताए।

 

 

प्रकाशित: Dec 15, 2025| 17:22 सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्