सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता

नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता

 |  सोमबार, मंसिर २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०८२

काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ।

National life

सोमबार नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

समझदारी पत्रमा हस्ताक्षर पछि कुरा गर्दै पर्यटन बोर्डका कार्यकारी निर्देशक जोशीले बोर्डले निजी क्षेत्रसँग काम गर्ने तथा प्रवद्र्धनका क्षेत्रमा काम गर्ने भएकाले कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालयसँग थप सहकार्य अघि बढाउने बताए।

उनले सम्झौताको विषयसँगै सहकार्यका अनेक पाटामा सँगसँगै हिँड्ने बताए। बजारीकरण तथा स्रोत व्यवस्थापनसँगै प्रचारका काममा बोर्डले सतप्रतिशत काम गर्ने जोशीले बताएका छन्।

उनले भने, ‘मुख्य स्रोत बजारहरूबाट हामीलाई प्रवर्धनमा सहयोगी हुने मिडिया, टुर अपरेटर, सेलिब्रिटी अर्थात् यस्ता व्यक्तित्वहरूलाई पनि प्रदेशमा ल्याएर प्रदेशका महत्वपूर्ण गन्तव्य र गतिविधिहरूमा कसरी संलग्न गराउने भन्ने, त्यो पनि एउटा महत्वपूर्ण पाटो रहने नै छ। यतातिर हामी जोडिएला। अर्को, यसमा त्यति धेरै उल्लेख त छैन। तर, अर्को हामी जोडिन सक्ने ठाउँ कहाँ पनि देख्या छौँ भने, एउटा अहिले स्वीसको प्रोजेक्ट, जो चारवटा ट्रेलमा काम गरिरहनुभएको छ। उहाँलाई पनि ‘पार्ट अफ एस’ यो मिसनमा चाहिँ तपाईंहरूले सहयोग गर्दिनुस् भनेर अस्ति यहाँ आउनुभएको थियो। निजी क्षेत्रसँग काम गर्ने तथा प्रवद्र्धनका क्षेत्रमा काम गर्ने भएकाले कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालसँग थप सहकार्य अघि नै बढ्ने छ।’

Laxmi sunrise bank
kumari

कार्यक्रममा मन्त्री मण्डलले पर्यटनको विकासलाई भौतिक भन्दा पहिले भावनात्मक विकास गर्नुपर्ने आवश्यकता आत्माबोध भएको बताए।

उनले भने, ‘पर्यटनको विकास भावनासँग जोड्नुपर्ने देखेँ। म एक वर्षदेखि मन्त्रालयको नेतृत्वमा छु। तर अपेक्षाकृत काम गर्न सकेको छैन। तर अहिले मेरो भावना पर्यटनसँग छ। यो अवधिमा धेरै कुरा सिक्ने मौका पनि पाएँ। अब पूर्वको पर्यटन प्रवर्दधनमा धेरै काम हुन्छ। लामो समयदेखि काम गरिरहेको पर्यटन बोर्डसँगको यो सहकार्यले हाम्रो क्षमता विकासमा पनि सहयोग गर्नेछ।’

मन्त्री मण्डलले पूर्व प्राकृतिक रुपले, धार्मिक रुपले र सांस्कृतिक रुपले सम्पन्न भए पनि त्यसको प्रयोगमा काम नभएको बताए। उनले भने, ‘हामी प्राकृतिक, धार्मिक, सांस्कृतिक रुपले धनी छौँ। अब यसलाई पर्यटनसँग जोड्न आवश्यक छ। चितवन, पोखरालगायतका क्षेत्र यसअघि नै परिचित भएका छन्। अब काम गर्ने पालो कोशीमा हो। यसका लागि सरकार निजी क्षेत्र सबैले मिलेर गर्नुपर्छ।’

प्रकाशित: Dec 15, 2025| 16:35 सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्