नेपालगञ्ज- नेपालका लागि डिपल र नामी विद्युतीय गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालको नेपालगञ्जमा दुई नयाँ विद्युतीय गाडी 'डिपल एस ०५' र 'नामी भिगो' सार्वजनिक गरेको छ।
कम्पनीले नेपालगञ्ज क्षेत्रको आधिकारिक डिलर पानस अटोमोटिभसँगको सहकार्यमा शुक्रबार एक कार्यक्रमबीच यी गाडीहरू बजारमा ल्याएको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया लगायतको उपस्थिति थियो।