सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • 'टियागो इभि कार्टनिभल सम्पन्न', आशिम र समय्याले जिते 'पीएस ५'पुरस्कार

'टियागो इभि कार्टनिभल सम्पन्न', आशिम र समय्याले जिते 'पीएस ५'पुरस्कार

 |  सोमबार, मंसिर २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०८२

काठमाडौं- सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर-विद्यालय चित्रकला प्रतियोगिता 'टियागो इभि कार्टनिभल' सम्पन्न भएको छ। प्रतियोगिताका दुई विधाका उत्कृष्ट विजेतालाई पुरस्कार स्वरूप 'प्लेस्टेसन ५' प्रदान गरिएको छ।

National life

प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाइस्कुलका आशिम सुन्दास र कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलका समय्या थापा प्रथम भएका छन्। दुवै प्रथम विजेताले पीएस ५ पुरस्कार प्राप्त गरेका हुन्।

photo-1-(1)-1765792010.jpg

१० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थी सहभागी भएको उक्त कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो। गत मंसिर १३ गते चित्रकला प्रतियोगिता र कार्यशाला सञ्चालन भएको थियो भने पुस २८ गते उत्कृष्ट कलाकृतिको प्रदर्शनीसहित पुरस्कार वितरण गरिएको हो।

प्रतियोगिताको जुनियर समूह (कक्षा ५-८) मा काठमाडौं यूरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेसनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोगकी आश्वी घले पाँचौं भए।

Laxmi sunrise bank
kumari

त्यसैगरी, सिनियर समूह (कक्षा ९-१२) मा बुढानिलकण्ठ स्कुलकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय हुन सफल भएका छन्।

कार्यक्रममा बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल प्रमुख सावन्त जंग सिजापति लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 15, 2025| 15:32 सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्