आइतबार, मंसिर २८, २०८२

सुनको मूल्य हालसम्मकै उच्च

 |  आइतबार, मंसिर २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०८२

काठमाडौं- गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन तोलामा रु दुई हजार २०० ले बढेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार  ८२५ निर्धारण भएको छ। 

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: Dec 14, 2025| 11:43 आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्