शुक्रबार, मंसिर २६, २०८२

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

 |  शुक्रबार, मंसिर २६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं- बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ। सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: Dec 12, 2025| 12:29 शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्