बुधबार, जेठ २७, २०८३

प्रतिनिधिसभाका लागि डोटीबाट पुष्प कुमार शाहीसहित १७ जना सिफारिस

 |  बिहीबार, मंसिर २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०८२

दिपायल । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीले पुष्प कुमार शाहीसहित १७ जनाको नाम सिफारिस गरेको छ। 

National life

बिहिबार जिल्ला कार्यसमिति डोटीले शाहीसहित गोरख बहादुर बिष्टद (आनन्द), विर बहादुर बलायर, जितेन्द्र विक्रम शाही, टेकराज ओझा, नरेन्द्र बहादुर सिँह, पदमराज जोशी, प्रदिप कुमार देउवा र भक्त बहादुर बलायर रहेका छन्।

त्यस्तै भक्त बहादुर मल्ल, भक्तराज जोशी, भरत बहादुर खड्का, राम बहादुर रोकाया, ललित बहादुर बलायर, लक्ष्मी राज पाठक, श्यामराज ओझा र हर्क बहादुर देउवाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोटीका सभापति नरेन्द्र बहादुर सिँहले जानकारी दिए।

त्यसैगरी प्रतिनिधि सभा समानुपातीक तर्फ जिल्लाले ७ जनाको नाम सिफारिस गरिएको उनले बताए। जसमा दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रसिस महरा, हिक्मत सिँह चोपरा (अल्पसंख्यक कोटा), मायाँ देवी कुँवर (पिछडीएको क्षेत्र) र लाल बहादुर बिक (दलित आरक्षण) रहेको उनले बताए।

जिल्ला कार्यसमितिले राष्ट्रियसभा सदस्यका लागि भने दुई जनाको नाम सिफारिस गरेको छ। जसमा दिपक कुमार बिष्ट र यज्ञराज पाठक रहेका छन्।

Shivam cement

प्रकाशित: Dec 11, 2025| 21:53 बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्