बिहीबार, साउन १४, २०८३

सरकार र जेनजीप्रतिनिधिबीचको सम्झौता अनुमोदन

 |  बिहीबार, मंसिर २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०८२

काठमाडौं। सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन्।

उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकताकासाथ कार्यान्वयन गर्ने निर्णय भएको छ।’

त्यस्तै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको पनि जानकारी दिए।

हिजो भएको सहमतिमा जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सहमति भएको थियो।

प्रकाशित: Dec 11, 2025| 17:58 बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्