बिहीबार, मंसिर २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

 |  बिहीबार, मंसिर २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन्। मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त लगायतका क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्ने छिन्। साथै, उनले ईएसजी एकीकृत लगानी ढाँचाको विस्तार र पोर्टफोलियो निगरानीमा मुख्य भूमिका खेल्ने कम्पनीले जनाएको छ।

क्लाइमेट फाइनान्स, प्राइभेट इक्विटी र उद्यम विकासको क्षेत्रमा १४ वर्षभन्दा बढीको अनुभव संगालेकी मल्लले यसअघि बिजनेस अक्सिजन, क्रस बाउन्ड्री एडभाइजरी र यूएसएआईडी अन्तर्गतका परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन्। उनी हाल घामपावरको स्वतन्त्र सञ्चालक र इम्प्याक्ट हब काठमाडौंको सल्लाहकार बोर्ड सदस्य समेत हुन्।

एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० शिवान्त बहादुर पाँडेले मल्लको अनुभवले कम्पनीको लगानी रणनीति र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। मल्लले नेपालको पुँजी बजारको विकास र दिगो लगानी प्रवर्द्धनमा योगदान गर्न पाउनु खुसीको कुरा भएको बताएकी छन्।

प्रकाशित: Dec 11, 2025| 14:04 बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्