बिहीबार, साउन १४, २०८३

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी पुस्ताका तर्फबाट आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन्।

उनले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, “यसले संविधान बनाउन गाइड गर्छ। भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ। हामी एउटै पक्ष छौँ। जेनजी मेरा सन्तान हुन्। हामी सबैको एउटै विचार हो युवा शक्तिले सत्ता लिओस्। उनीहरूका विचारअनुसार राज्य चलोस्। हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ।”

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन्। सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 10, 2025| 21:11 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्