बिहीबार, साउन १४, २०८३

सुधन गुरुङ मेरो जेठो छोरो : प्रधानमन्त्री कार्की

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन्।

आज सिंहदरबारमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनले यो सम्झौताले जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताइन्।

‘ऐतिहासिक रेकर्ड बन्यो, भोलि राजपत्रमा छापिन्छ। यो एउटा बलियो डकुमेन्ट छ। यसले भोलिको परिवर्तनलाई गाइड गर्छ र संविधान बनाउन पनि गाइड गर्छ,’ हस्ताक्षरपछि बोल्दै उनले भनिन्।

सम्झौतामा दुई पक्ष भए पनि आफू जेनजीकै पक्षमा रहेको कार्कीले बताइन्। सरकारमा रहुन्जेलसम्म सहिद युवाहरूका लागि समर्पित रहने उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले जेनजी अगुवा भनिएका सुधन गुरुङलाई आफ्नो जेठो छोरो भनेर सम्बोधन गरिन्।

उनले भनिन्, ‘म तपाईँहरू सबैको आमा हुँ। आर्यघाट नपुग्दासम्म आमा नै रहनेछु। तपाईँहरू मेरो सन्तान हो। छोराछोरी हो। म अर्को पक्ष होइन ’ उनले भनिन्।

 

 

प्रकाशित: Dec 10, 2025| 20:32 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्