बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन

वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन्।

National life

बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावति चुनाव गर्ने निर्णयले मुलुकलाई निकास र समाधान होईन थप जटिलता तर्फ लाने बताएका हुन्।

उनले भने, ‘अहिले जुन विसम परिस्थितिकोबीच देश अगाडि बढी रहेको छ। त्यती ठूलो विद्रोह, विध्वंशपछि जुन परिवर्तन देशले प्राप्त गर्नुपर्ने हो त्यसको बद्लामा एक थान प्रधानमन्त्री परिवर्तन गर्ने र असफल भएको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावति चुनाव गर्ने जुन निर्णय भएको छ। त्यसले मुलुकलाई निकास र समाधान दिने होईन थप जटिलताहरु पैदा गर्ने र अहिले देखिएका समस्यालाई अलि पर ठेल्ने काम मात्र गर्छ भन्ने हाम्रो धारणा छ।’

अहिलेको अवस्थामा अथवा यथास्थितिमा चुनाव समस्याको समाधान होईन भन्ने कुरा प्रष्ट भएको पनि उनको भनाई छ।

यस्तै, उनले जनताको बीचमा चरम रुपमा अलोकप्रिय सावित भएको र आफ्नो परम्परागत पार्टीको नाम समेत लिएर जनतामा जान सकिएन भनेर नाम पनि परिवर्तन गरेको अवस्थामा मुलुकको स्वाधिनताको रक्षा गर्ने पार्टी राप्रपा मात्रै भएको पनि बताए।

Laxmi sunrise bank
kumari

उनले भने, ‘हामी नै प्रमुख दल हो, हामीले नै देश चलाई रहेका छौँ भन्ने दलहरु जनताको बीचमा जान नसकेको अवस्थामा, जनताको बीचमा चरम रुपमा अलोकप्रिय सावित भएको र कतिपय त्यस्ता राजनीतिक दलहरुले आफ्नो परम्परागत पार्टीको नाम समेत लिएर जनतामा जान सकिएन भनेर नाम पनि परिवर्तन गरेको अवस्थामा मुलुकको स्वाधिनताको रक्षा गर्ने पार्टी राप्रपा मात्रै हो।’

कार्य सम्पादन समितिको बैठकबाट आगामी ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने गरि सबै तहको कार्यकाल थप्ने निर्णय पनि भएको उनको भनाई छ।

उनले भने, ‘कार्य सम्पादन समितिको बैठकबाट आगामी ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने गरि सबै तहको कार्यकाल थप्ने निर्णय गरेका छौँ। यो बैठक कार्यकालको हिसाबले र अर्को जेनजी विद्रोहपछिको बैठक भएको कारणले यो बैठक महत्वपूर्ण छ। यति बेला देश एउटा एतिहासिक विन्दुमा आई पुगेको छ।’

प्रकाशित: Dec 10, 2025| 16:54 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्