बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त रूपमा भाग लिन ५ निवेदन

समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त रूपमा भाग लिन ५ निवेदन

 |  मंगलबार, मंसिर २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०८२

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ९३ दलले निवेदन दर्ता गराएका छन्।

National life

आयोगका अनुसार यहीँ मंसिर २१ गते आइतबार, २२ गते सोमबार र २३ गते मङ्गलवार गरेर निवेदन दर्ता गराउने ३ दिनको समय सीमा भित्र ९३ दलले निवेदन दर्ता गराएका हुन्।

अन्तिम दिनसम्म समानुपातिकतिर: एकल र छुट्टाछुट्टै निर्वाचनमा भाग लिन ९३ राजनीतिक दलले आयोगमा निवेदन दर्ता गराएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए।

उनका अनुसार विभिन्न दल मिलेर संयुक्त रूपमा निर्वाचनमा भाग लिनका लागि ५ वटा निवेदन दर्ता भएका छन्। जसमा २ समूहमा ३–३ दलले एकल निर्वाचन चिन्हमा भाग लिनका लागि र ३ समूहमा दुई–दुई दल मिलेर निर्वाचनमा भाग लिनका लागि निवेदन दर्ता गराएको प्रवक्ता भट्टराईले जानकारी दिए।

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल निर्वाचनमा चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन् भने नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल निर्वाचन चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन्।

Laxmi sunrise bank
kumari

यस्तै नागरिक सेवा पार्टी र सचेत नेपाली पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन् भने आम जनता पार्टी र जनादेश पार्टी नेपालले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दर्ता गराएका छन्। यस्तै नेकपा ९माक्र्सवादी० र नेपाल कम्युनिष्ट पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन्।

प्रकाशित: Dec 09, 2025| 19:38 मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्