बुधबार, मंसिर २४, २०८२

सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ

 |  मंगलबार, मंसिर २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन्।

National life

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवाद कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशको विकास रोकिनुको प्रमुख कारण समयमै काम नगर्ने ठेकेदार र कमजोर ठेक्का प्रणाली रहेको बताए।

मन्त्री घिसिङले भने, ‘ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या परेको छ। ठेकेदारले बेलामा काम नगरिदिँदा देश र जनतालाई नै घाटा पुगेको छ। कुनै व्यक्तिप्रति प्रतिसोध राखेर काम नगर्ने सरकारी मनोवृत्ति भए पनि परिणाम नआए कडा कदम चाल्नुपर्ने परिस्थिती छ।’

उनले नेपालको कानुनले कुनैपनि काम ठेक्का प्रक्रिया बिना गर्न नदिने व्यवस्था गरेपनि ठेक्का व्यवस्थापनमा देखिएको कमजोरीका कारण रोजगारी, अर्थतन्त्र र सम्पूर्ण विकास गतिविधि प्रभावित भएको बताए।

‘प्रतिसोध साँधेर देश विकास हुँदैन। हामीले रिजल्ट हेर्ने हो। रिजल्ट ल्याउन सकिँदैन भने प्रोजेक्ट म्यानेजरदेखि सम्बन्धित निकायका प्रमुखसम्म कारवाही हुनैपर्छ। सहि व्यक्ति सहि ठाउँमा नहुँदा समस्या झनै बढ्छ,’ उनले भने।

Laxmi sunrise bank
kumari

घिसिङले सरकारले अब गुणस्तरीय र परिणाममुखी विकासका लागि जिम्मेवार निकाय र पदाधिकारीको जवाफदेहितालाई अझ कडाइका साथ कार्यान्वयन गर्ने पनि स्पष्ट पारे।

प्रकाशित: Dec 09, 2025| 17:14 मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्