बिहीबार, साउन १४, २०८३

डोजर लगाएर अवैध संरचना भत्काउन सुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउन डोजर लगाईएको छ। मंगलवार साँझदेखि नगर विकास समितिको जग्गामा बनेका खोका-छाप्रा हटाउन शुरु गरिएको हो। 

संघीय आयोजना कार्यान्वन ईकाइ धनगढीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सहयोगमा खोकाछाप्रा हटाउन सुरु गरेको हो। तर आन्दोलनरत विद्यार्थी संघले भने आन्दोलनलाई स्थगित गर्न मात्रै डोजर लगाईएको तर अवैध संरचना हटाउने सरकारी निकायको उद्येश्य नै नभएकाले भोली पनि बन्द जारी रहने जनाएको छ।

आन्दोलनमा रहेको सयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेको थियो। बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ भने सदरमुकामदेखि छुट्ने सवारी साधन चल्न सकेका छैनन्। 

शैक्षिक सस्थाहरु पनि बन्द थिए। आन्दोलनरत विद्यार्थीले नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउनुपर्ने, नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारवाही तथा सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने माग गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।