मंगलबार, मंसिर २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकको 'एनएमबी इन्स्टा बाइ' मार्फत, क्रेडिट कार्ड सेवामा थप सुविधा सार्वजनिक 

एनएमबि बैंकको 'एनएमबी इन्स्टा बाइ' मार्फत, क्रेडिट कार्ड सेवामा थप सुविधा सार्वजनिक 

 |  मंगलबार, मंसिर २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन 'एनएमबी इन्स्टा बाइ' सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन्।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पस स्लिप १० दिनभित्र ईएनएमबी एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्। न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित, 'एनएमबी इन्स्टा बाइ' मर्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ।

एनएमबी बैंकले देशभरका २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।
 

प्रकाशित: Dec 09, 2025| 12:36 मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्