बुधबार, मंसिर २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंक 'बैंकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट' विधामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक 'बैंकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट' विधामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

 |  सोमबार, मंसिर २२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०८२

काठमाडौँ-ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक 'बैंकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट' विधामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

National life

डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरेका छन्। बैंकले आफ्नो ब्रान्ड प्रतिष्ठा सुधार, ग्राहक विश्वास अभिवृद्धि, बैकिङ्ग सेवामा नवप्रवर्तन, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकास, मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको योगदानका कारण यो अवार्ड प्राप्त गरेको हो।

महालक्ष्मी विकास बैंक नेपाल र भारतबीच सीमा-पार वित्तीय सेवाहरु प्रवद्र्धन गर्दै आएको छ। यस अवार्डले बैंकलाई नेपाल-भारतबीचको बैंकिङ्ग सम्बन्ध मजबुत बनाउन, सीमा-पार व्यापार र रेमिटेन्स बढाउन थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

यसअघि पनि बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थितिलाई अझ मजबुत बनाएको थियो।

प्रकाशित: Dec 08, 2025| 13:59 सोमबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्