काठमाडौं- सहिद दिवसको अवसरमा प्रदेश नम्बर ३ सरकारले सार्वजानिक विदा दिने निर्णय गरेपनि गृहमन्त्रालयले त्यसलाई सदर गरेको छैन। प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
प्रदेश सरकारले दिएको विदा गृहमन्त्रालयले सदर नगर्दा केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा लागू हुने/नहुने भन्नेमा अन्यौलता बढेको छ। प्रदेश ३ का आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेलले प्रदेशले दिएको बिदा प्रदेशभर लागू हुने बताएका छन्।
तर, गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने केन्द्र सरकारले सहिद दिवसको विदा घोषणा नगरेको सञ्चारमाध्यमलाई बताएका छन्। उनले भने, 'काठमाडौं उपत्यकाबाहेक प्रदेशका अरू जिल्लामा विदा होला, प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकाका तीन जिल्लामा भने लागू हुँदैन।'
यसअघि अरू प्रदेशले बिदा दिँदा पनि केन्द्र मातहत रहेका सरकारी कार्यालय खुलेका थिएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४