आइतबार, मंसिर २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफ इन्स्योरेन्सले गर्‍यो लुम्बिनी प्रदेशका सिइओ क्लब सदस्य,अभिकर्ताहरुलाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्सले गर्‍यो लुम्बिनी प्रदेशका सिइओ क्लब सदस्य,अभिकर्ताहरुलाई सम्मान

 |  आइतबार, मंसिर २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०८२

काठमाडौँ-नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशका सिइओ क्लब सदस्य अभिकर्ताहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी योग्य बनेका अभिकर्ता तथा विभागीय प्रमुख, प्रदेश प्रमुख र शाखा प्रमुख गरी ३४० जनाको सहभागिता रहेको थियो।

National life

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। सो अवसरमा लुम्बिनी प्रदेशबाट सिइओ क्लबका सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो। साथै आफ्नै कोड तथा सञ्जालमार्फत क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

यसै क्रममा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गरिएको कम्पनीले जनाएको छ।समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य ठहरिएका अभिकर्ताहरूलाई प्रदेशस्तरमै सम्मान गर्दै आएको जानकारी दिए।

उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी प्रदेशमा पनि तयारी पूरा भइसकेकाले छिट्टै कार्यक्रम हुनेछ। उनले सिइओ क्लब कार्यक्रममा देशभरबाट १६०० भन्दा बढी अभिकर्ता छनोट हुनुले योजना अत्यन्तै सफल भएको पनि उल्लेख गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागी अभिकर्ताहरुलाई व्यावसायिक सीप तथा प्रेरणामूलक तालिम प्रदान गरेका थिए। प्रशिक्षणका क्रममा उनले बीमा अभिकर्ता पेशा केवल व्यवसाय मात्र नभई सेवा भावना जोडिएको पवित्र पेसा भएको बताउँदै, यस क्षेत्रमा सफलताको मुख्य आधार ईमान्दारिता र निरन्तरता रहेको उल्लेख गरे।

Laxmi sunrise bank
kumari

समारोहमा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्राप्त प्रशिक्षणले थप ऊर्जा प्राप्त भएको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्त गर्व महसुस भएको भावना व्यक्त गरेका छन्।

प्रकाशित: Dec 07, 2025| 14:43 आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्