काठमाडौं-सिद्धार्थ बैंकले विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपे पेमेन्ट सर्भिससँगको साझेदारीमा 'सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड'सञ्चालनमा ल्याएको छ। यो पूर्ण डिजिटल क्रेडिट कार्ड रहेको बैंकले जनाएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अवसरमा आयोजित अन-ग्राउन्ड कार्यक्रममा उक्त कार्ड सार्वजनिक गरिएको हो ।यस कार्डमार्फत ग्राहकले भौतिक कार्डको आवश्यकता बिना नै १८ लाखभन्दा बढी फोनपे क्यूआर व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
'डिजिटल रूपमा सक्रिय ग्राहकको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्दछ' बैंकले एक विज्ञप्तिमा भनेको छ 'ग्राहकले बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै आवेदन दिन,कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत सीमा व्यवस्थापन,कार्ड लक तथा अनलक,स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।'
सिद्धार्थ फोनपे क्रेडिट कार्ड सार्वजनिक अवसरमा ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।'कुल क्यासब्याक अधिकतम ७५० रुपैयाँ सम्मको हुनेछ। जसले सदस्यता शुल्क समायोजन गर्नेछ' बैंकले भनेको छ ‘यो अफर सीमित अवधिका लागि अर्थात् ७ डिसेम्बरदेखि ७ जनवरीसम्म मान्य हुनेछ।