आइतबार, असोज १८, २०८३

चार घन्टा लामाे अप्रेशनपिछ जब चिकित्सकले निकाले ६ फिट लामो रड

भारतको बठिन्डाका ४२ वर्षीय हरदीप सिंह मिनी ट्रकको यात्रा गर्दै आफ्नो काममा गइरहेका थिए। आइतबार दिउँसो साढे एक बजे उनी बन्ठिडा–भुच्चो मन्डी रोडमा हुइकिरहेका थिए।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

भारतको बठिन्डाका ४२ वर्षीय हरदीप सिंह मिनी ट्रकको यात्रा गर्दै आफ्नो काममा गइरहेका थिए। आइतबार दिउँसो साढे एक बजे उनी बन्ठिडा–भुच्चो मन्डी रोडमा हुइकिरहेका थिए।

यात्रा गरिरहँदा अचानक उनी सवार गाडिको टायर पड्कियो। टायर पड्किँदा सन्तुलन बिग्रिएपछि उनी दुर्घटनामा परे। उनको छातिभित्र ४ इन्च मोटो र ६ फिट लामो रड पस्यो।

दुर्घटना हुने बेत्तिकै उनलाई उद्धार कर्ताले अस्पताल पुर्‍याउँदा हरदीप बाच्न सफल भए। लगातार चार घण्टा चलेको अप्रेशनपछि उनको  छाति चिरेर भित्र पसेको रड निकालियो।

हरदीप टाटा मोटर्समा काम गर्छन्। उनको अप्रेशनमा संलग्न चिकित्सकले मुटु भन्दा आधा सेन्टिमेटिर मात्रै रड टाढा रहेको बताएका छन्।

उनको छातिमा चार इन्च घाउ भएको छ। अहिले उनी खतरामुक्त रहेको भए पनि भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ।

अप्रेशनका दौरान हरदीपले 'वाहेगुरु वाहेगुरु' मन्त्र जपेका थिए। कहिल्यै कसैको केही नबिगारेको र कुनै पाप नगरेको उनको भनाइ थियो। उपचारमा संलग्न डाक्टर हरदीपको हिम्मत देखेर दंग परेका थिए। नवभारत टाइम्सबाट

प्रकाशित: Aug 17, 2021| 09:32 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।