बिहीबार, साउन १४, २०८३

अप्रेसनपछि पारसले भने- ‘नाउ आईएम गुड’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्वयुवाराज पारस र  राप्रपा अध्यक्ष कमल थापाबीचको संवादले धेरैको हृदय छोयो। 

शाहलाई भेटन थापा मंगलबार अस्तापल पुगको थिए।  उनले पारसलाई नमस्कार गरेपछि  थापाले पारसँग संक्षिप्त कुराकानी गरे। अध्यक्ष थापालाई देख्नासाथ पारसले अंग्रेजीमा “नाउ आई एम गुड“ भनेर आफू सन्चो भएको सन्देश दिएका थिए। 

हृदयघात भइ नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका थिए।
   
हिजो अलि दुखाई थियो, अहिले ठिक छु भन्दै पारसले केही दिनमै  अस्पतालबाट डिस्चार्ज हुने र केही दिन भित्रै आफू फिट हुने बताए। अध्यक्ष थापाले स्वास्थ्य लाभको कामना भन्दै नमस्कार गर्दा फेरि पारसले पुन आई एम गुड भन्दै  थापालाई धन्यवाद भनेको भेटघाटका क्रममा सँगै रहेका राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

अध्यक्ष थापा पारसलाई भेटेर फर्किने क्रममा ढोकामा नै पूर्व रानी कोमल शाहसँग पनि जम्काभेट भएको थियो।  सो अवसरमा राजपरिवारका अन्य सदस्यहरुसँग अध्यक्ष थापाको छोटो भलाकुसारी भएको बर्तौलाले बताए। अस्पताल परिसरमा राखिएको स्वास्थ लाभको पुस्तिकामा पनि थापाले हस्ताक्षर गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।