बुधबार, जेठ २७, २०८३

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२
National life
Shivam cement

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन्। ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।

यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ। सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेको छन्।

प्रकाशित: Dec 05, 2025| 18:47 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्