मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता आजबाट सुरु हुँदै

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता आजबाट सुरु हुँदै

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गर्न लागेको बृहत् फुटसल प्रतियोगिता यही मङ्सिर १९ गते आजबाट सुरु हुने भएको छ।कम्पनीले बीमा क्षेत्रका विभिन्न सरोकारवालाहरूको सहभागितामा सामाखुसी फुटसलमा दुई दिने प्रतियोगिता आयोजना गर्न लागेको हो।

उक्त प्रतियोगिता मङ्सिर १९ र २० गते सञ्चालन हुनेछ। प्रतियोगिताको उदघाटन समारोह शुक्रवार बिहान ७:३० बजे हुनेछ भने खेलहरू बिहान ८स:०० बजेदेखि सुरु हुनेछन्। आयोजकले प्रतियोगितामा सहभागी समूहहरूको विभाजन र सम्पूर्ण खेल तालिका समेत प्रकाशित गरिसकेको छ।

यस फुटसल प्रतियोगितामा नेपाल बीमा प्राधिकरणका साथै सम्पूर्ण जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरू र सर्भेयरहरूको समेत उत्साहजनक सहभागिता रहने जनाइएको छ।कम्पनीले बीमा क्षेत्रका विभिन्न निकायहरूबीच समन्वय र सौहार्दपूर्ण वातावरण निर्माण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।

दर्शकहरूका लागि उक्त प्रतियोगिताको लाईभ प्रसारण नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: Dec 05, 2025| 15:20 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्