बिहीबार, साउन १४, २०८३

राणा  र लोहनी नेतृत्वको राप्रपाबीच एकता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – पशुपतिशम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवाबदीबीच पार्टी एकीकरण हुने भएको छ। ती दूबै पार्टीले मंगलबार यस बिषयको टुंगो लगाएका छन्। 

उनीहरुबीच एकताको औपचारिक घोषणा भने आगामी माघ १८ हुने भएको प्रजातान्त्रिकका राजाराम श्रेष्ठले जानकारी दिए।  एकीकरणमा सहमतिका लागि हस्ताक्षर गर्नका लागि मंगलबार अबेरसम्म छलफल भइरहेको छ। एकीकृत नयाँं पार्टीमा पनि दुई अध्यक्ष हुने सहमति भएको छ।

कमल थापा नेतृत्वको राप्रपासंग असन्तुष्ट बनेको  पशुपतिशम्सेरको समूहले ०७४ साउनमा अलगै  दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ताका लागि पशुपतिशमशेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याएको थियो। निर्वाचन आयोगको अभिलेखमा राप्रपा केन्द्रीय समितिको संख्या १५६ थियो। त्यसको ४० प्रतिशत पुर्‍याउन ६२ सदस्य आवश्यक पर्नेमा ६४ पुर्‍याएर दर्ताका लागि निवेदन दिएका थिए।  

त्यसपछि पनि एकताका लागि तीन पार्टीबीच पटक प्रयास भएको थियो। गत भदौ ९ गते सबै एकताको तयारी भएको बताएपनि भोलिपल्ट वार्ता भाँडिएको थियो। 

तीन पार्टीबीचको एकीकरणका लागि राप्रपा र राप्रपा प्रजातान्त्रिकले वार्ता टोली नै गठन गरेर छलफल प्रक्रियालाई अघि बढाएका थिए। कमल थापा नेतृत्वको राप्रपाले राप्रपा प्रजातान्त्रिक एजेन्डाको विषयमा स्पष्ट नभएको भन्दै वार्ता प्रक्रिया अवरुद्ध भएको घोषणा गरेको हो। 

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकको हिन्दूराष्ट्र र राजसंस्थाको विषयमा स्पष्ट एजेन्डा स्पष्ट नभएकाले वार्ता प्रक्रिया स्थगन भएको बताउँदै आफ्नो पार्टी पूर्ववत एजेन्डामा स्पष्ट भएको बताएका थिए।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।