सोमबार, भदौ १५, २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 |  शुक्रबार, मंसिर १९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं- बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६२५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: Dec 05, 2025| 11:07 शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्