आइतबार, चैत २९, २०८२

अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल

 |  बिहीबार, मंसिर १८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन्। 

National life

बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए। 

ओलीको नेतृत्वमा नभई काम गर्ने तरिकामा असन्तुष्टि आएको भन्दै विपक्षमा उभिनु उचित नहुने उनको भनाई छ। 

उनले भने, ‘दुई धारको विषयमा चुनाव लडेपनि धार एउटै हुन्छ। किनकी विचार नै फरक छैन्। पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ। महाधिवेशनमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ । अहिले ओलीको विपक्षमा उभिनुपर्ने कारण म देख्दिन्। विभिन्न नेताले पदमा उठ्न इच्छा व्यक्त गर्नुभएको छ त्यो पाइन्छ। नेता, नेतृत्व र नीतिमा हाम्रो समस्या होइन्। काम गर्ने तरिकामा समस्या हो भन्ने कुरा आउँछ त्यो त उचित होइन्।’ 

त्यस्तै उनले अहिले ११ औं महाधिवेशनको संघारमा आइपुग्दापनि एमालेले बाह्य संकटहरु झेलिरहेको बताए। 

kumari

अरु पार्टीमा जस्तो लोकप्रिय भन्दापनि कम्युनिष्ट पार्टीमा नेतृत्व गर्न सक्छ भन्ने विषय एमालेमा स्थापित गर्न खोजिरहेको उनले बताए। 
 

प्रकाशित: Dec 04, 2025| 17:44 बिहीबार, मंसिर १८, २०८२
प्रतिक्रिया दिनुहोस्