बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता 

प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता 

 |  बुधबार, मंसिर १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच आज टेलिफोन वार्ता भएको छ।

National life

वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरिन्।

नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भनिन्, ‘हामीकहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो। यसका लागि धन्यवाद छ। आभारी छौँ।’

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ। त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरूसँगै छौँ।’ 

प्रधानमन्त्री कार्कीले जेन जेड आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन्।

Shivam cement

दुवै देशका प्रधामन्त्रीबीच आज बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको थियो।

प्रकाशित: Dec 03, 2025| 20:50 बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्