बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्न सबैको भूमिका चाहिन्छ : प्रधानमन्त्री 

शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्न सबैको भूमिका चाहिन्छ : प्रधानमन्त्री 

 |  बुधबार, मंसिर १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरूसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन्।

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री डा. लालबाबु राउत, इस्लाम धर्मगुरु मुफ्ती अबबकर सिद्दिकीलगायतको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनमा समाजका सबै पक्षले जागरुक भएर लाग्नुपर्ने बताएकी उनको सचिवालयले जानकारी दिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र कम खर्चिलो बनाउन सरकार लागिपरेको र त्यसका लागि राजनीतिक प्रतिबद्धताका साथै नागरिक तहबाट पनि उत्तिकै खबरदारी आवश्यक रहेको उनले बताइन्।

"यतिखेर मुलुकमा शान्ति, स्थिरता, सामाजिक धार्मिक सद्भाव आवश्यक छ। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेछ। यस्तो अवस्थामा समाजका सबै तह र तप्काबाट सकारात्मक भूमिकाको अपेक्षा राखेका छौँ," उनले भनिन्।

कार्यक्रम पूर्वमन्त्री विध्याधर मल्लिक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको पनि उपस्थिति थियो।

प्रकाशित: Dec 03, 2025| 20:43 बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्