बिहीबार, साउन १४, २०८३

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताएका छन्।

काठमाडौँको गोकणेश्वर–३ मा आज आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपालअन्तर्गत थपिएको कुलुङ भाषा प्रकाशन शुभारम्भ गर्नुहुँदै मन्त्री खरेलले देश निर्माणको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

मन्त्री खरेलले उनले नेपाल विविध जाति, भाषा र समुदायले बनेकाले जातजातिको भाषा, वेशभुषा र संस्कृति यहाँको गौरव र पहिचान भएको बताए। 

उनले भने, “समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ, गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु एउटा इँटा थपिनु हो। यो अभियानमा सबैको हातेमालो चाहिन्छ।”

सरकार सबै समुदायको घरदैलोमा पुग्ने प्रयासमा रहेको र कुलुङ समुदायको कार्यक्रममा आज यहाँ पुग्नु पनि त्यही अभियान भएको उनले चर्चा गरे। 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले घोषित (आगामी फागुन २१ गते) प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवद्र्धनमा दृढताका साथ अगाडि बढेको बताए।

प्रकाशित: Dec 02, 2025| 20:56 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्