बिहीबार, साउन १४, २०८३

मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन्।

मंगलबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए। 

उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए। 

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए। सोही अनुसार उनले भोली विश्वासको मत लिने जानकारी दिए।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए। उनले विभिन्न दलहरु संग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै संका नरहेको बताए।

हिजो बेलुका सर्वाेच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

प्रकाशित: Dec 02, 2025| 18:47 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्