बुधबार, मंसिर १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफद्वारा  डेढ करोड सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफद्वारा  डेढ करोड सहयोग

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

काठमाडौं-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको 'भौतिक पूर्वाधार पुनर्निर्माण कोष' मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गरेको हो।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

National life

उक्त अवसरमा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीको समेत उपस्थिति थियो।गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन तथा आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको थियो। सोही क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सघाउन कम्पनीले कोषमा रकम सहयोग गरेको हो।चेक हस्तान्तरण गर्दै अध्यक्ष संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको बताए।

उनले आन्दोलनका क्रममा सार्वजनिक संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यसको पुनर्निर्माणमा सघाउन पाउँदा खुशी लागेको धारणा राखे। उनले आगामी दिनमा पनि राष्ट्रको आर्थिक तथा सामाजिक रूपान्तरणका अभियानमा सरकारसँग सहकार्य गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता जनाए।

सहयोग रकम ग्रहण गर्दै अर्थमन्त्री खनालले नेपाल लाइफलाई धन्यवाद दिए। उनले पूर्वाधार विकास र पुनर्निर्माणमा यस किसिमको सहयोगले महत्त्वपूर्ण टेवा पुग्ने भन्दै निजी क्षेत्रबाट आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए।

प्रकाशित: Dec 02, 2025| 13:39 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्