बिहीबार, साउन १४, २०८३

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

 |  सोमबार, मंसिर १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०८२

काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो।

कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ। महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो।

विशेष महाधिवेशन पक्षधर नेताहरूको भावना समेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो।

उक्त सहमतिसँगै यही मंसिर २३ गते म्याद सकिने शेर बहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको छ।

प्रकाशित: Dec 01, 2025| 16:31 सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्