सोमबार, मंसिर १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ​एनएमबि बैंकले शुरू गर्‍यो एनएचसीएलसँगको सहकार्यमा अनलाइन पेमेन्ट गेटवे​

​एनएमबि बैंकले शुरू गर्‍यो एनएचसीएलसँगको सहकार्यमा अनलाइन पेमेन्ट गेटवे​

 |  सोमबार, मंसिर १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०८२

काठमाडौं-एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल)सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे शुरू गरेको छ।यो नयाँ सेवाले भौतिक र अनलाइन ई-कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्‍याउने बैंकको विश्वास छ।गेटवेमार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टर कार्डमार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्ने छन्। 

National life

यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ।पेमेन्ट गेटवेमा 3D Secure प्रविधि समावेश गरिएको छ, जसलाई कारोबारको प्रमाणीकरण (Verification) का लागिOTP वा पासवर्ड आवश्यक पर्दछ। यसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउने बैंकले जनाएको छ।यसरी कार्डबाट हुने कारोबार धेरै सुरक्षित हुने र अनधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने हुन्छ।

सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ।बैंकले यो सहकार्य ई-कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्त्वपूर्ण हुने विश्वास लिएको छ।सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको छ।

आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन्। एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Dec 01, 2025| 10:47 सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्