बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अशोक शेरचन पक्राउपछि प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त

अशोक शेरचन पक्राउपछि प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त

 |  सोमबार, मंसिर १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०८२

 

National life

काठमाडौं-प्रभु बैंक लिमिटेडले बैंकका वरिष्ठतम कर्मचारी निरज लम्साललाई कार्यवाहकप्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन जना कर्मचारीलाई अनुसन्धान प्रक्रियामा राखेपछि, बैंकको सञ्चालक समितिले दैनिक कार्य सञ्चालनलाई निरन्तरता दिन लम्साललाई यो जिम्मेवारी सुम्पेको हो।

बैंकका सूचना अधिकारी रबिन्द्र ढकालद्वारा जारी विज्ञप्ति अनुसार लम्सालले आइतबारदेखि नै देखि लागू हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन्।बैंकले नेतृत्व परिवर्तन वा अनुसन्धान प्रक्रियाले बैंकको नियमित सेवामा कुनै असर नपर्ने स्पष्ट पारेको छ। बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट प्रदान गरिने सेवाहरू निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ।

बैंकले उक्त अनुसन्धानको कारणले संस्थाको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरूको हितमा कुनै पनि नकारात्मक असर नपर्ने विश्वास दिलाएको छ।साथै, ग्राहक तथा सरोकारवालाहरूलाई बैंकप्रति सदाझैँ सहयोग र सद्भाव राखिरहन आग्रह समेत गरेको छ।

Shivam cement

प्रकाशित: Dec 01, 2025| 10:34 सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्