बिहीबार, साउन १४, २०८३

‘टेलिकमलाई समयसापेक्ष चल्न सुझाव’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संघीय संसदीय अर्थ समितिको सिंहदरबारमा बसेको बैठकका सहभागीहरूले नेपाल टेलिकमको सेवाप्रति असन्तुष्टि जनाएका छन्। टेलिकमले फोरजी सेवा दुई वर्ष बितिसक्दा पनि पोखरा र काठमाडौंबाहेकका स्थानमा विस्तार गर्न नसकेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्।

बैठकमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक विश्वनाथ गोयलले दुई वर्ष बितिसक्दा पनि टेलिकमले फोरजी सेवा किन विस्तार गर्न नसकेको भन्दै प्रश्न गरेका थिए। ‘थ्रिजीको सेवा अवधि तीन वर्षीय हो’, उनले भने, ‘त्यो अहिलेसम्म लागू भइरहेको छ। २०२४/२५ सम्म फाइबजी ल्याउनुपर्ने हुन्छ। फोरजी नै विस्तार हुन नसकेको अवस्थामा फाइबजी कसरी लागू हुन्छ?’

यस्तै टेलिकमकै पूर्व प्रबन्धनिर्देशक सुरेशकुमार पुडासैनीले टेलिकम समय सापेक्ष चल्न नसकेको आरोप लगाएका छन्। उनले टेलिकम समयसापेक्ष चल्न नसक्दा सरकार र टेलिकम दुवै घाटा भइरहेको बताए। टेलिकमले प्राइभेट कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेको पनि उनको आरोप छ।

टेलिकम  विज्ञ भेषराज गडेलले बीस अर्ब रुपैयाँ टेलिकमले बैंक खातामा राख्नुभन्दा सेवा विस्तारमा तल्लीन हुनुपर्ने बताए। बैठकमा सहभागीहरुले टेलिकमलाई समयसापेक्ष सञ्चालक समिति र कर्मचारीको नियत बुझेर आवश्यक निर्देशन दिन सुझाव दिएका छन्। नयाँ प्रविधिअनुरुप टेलिकम चल्नु पर्ने उनीहरुको धारणा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।