काठमाडौं – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गरेको छ।
कम्युनिस्ट सरकारले अधिनायकवाद तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेको भन्दै उनीहरुले मंगलबार प्रधानमन्त्री निवास बाहिर नारावाजी गरेका थिए।३
आन्दोलन गर्ने नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
उनीहरुले अनसनरत डा. गोविन्द केसीसँग भएको सहमती कार्यान्वयन गर्नुका साथै उनको जीवन रक्षाको माग गर्न समेत आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४